FAQs Complain Problems

शिक्षक गोल्डेन ह्याण्डसेक (Golden Handshake) कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८

मुलुक तथा जनताको सेवामा समर्पित भई पूर्ण प्रतिवद्धता सहित बालबालिकाहरुको उज्जवल भविष्यको खाका कोर्दै बालबालिकाहरुलाई योग्य, सक्षम र दक्ष जनशक्तिमा रुपान्तरण गर्न अहोरात्र लागी पर्नुहुने शिक्षण कर्ममा श्री चाँगुनारायण नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा लामो समयदेखि आवद्ध रहनु भएका श्रद्धेय गुरुहरु प्रति उच्च सम्मान गर्दै उहाँहरुले शैक्षणिक पेशा मार्फत समाजमा पुर्‍याउनु भएको अनुकरणीय, अतुलनीय योगदानको उच्च कदर गर्दै शिक्षण पेशा प्रति प्रतिवद्ध भई प्रदान गर्नु भएको निस्वार्थ सेवाभावलाई जीवन पर्यन्त स्मरणीय बनाउने हेतुले शिक्षक गोल्डेन ह्याण्डसेक कार्यक्रम मार्फत शैक्षिक गुणस्तरमा थप अभिवृद्धि गर्दै उक्त कार्यक्रमको सफल कार्यान्वयन तथा व्यवस्थापन गर्ने कार्यलाई सरल, सहज र व्यवस्थित गर्न वाञ्छनीय भएकोले श्री चाँगुनारायण नगरपालिकाको शिक्षा ऐन, २०७४ को दफा २९ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ११ (ज) को खण्ड ११ मा भएको व्यवस्थाको मर्म एवं भावना बमोजिम नगरकार्यपालिकाको मिति २०७८।०४।११ गतेको बैठकबाट स्वीकृत भए बमोजिम शिक्षक गोल्डेन ह्याण्डसेक (Golden Handshake) कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८ जारी गरिएको छ ।