FAQs Complain Problems

चाँगुनारायण नगर अस्पताल उद्घाटन

चाँगुनारायणमा नगर अस्पताल सुभारम्भ भएको छ । मिति २०७७।०८।२८ गते बिहान ८ बजे नेपाल सरकारकाे शहरी विकास मन्त्री माननीय कृष्ण गाेपाल ज्यूबाट नगर अस्पताल समुद्घाटन भएकाे हाे ।  चाँगुनारायण नगरपालिका सम्पूर्ण जनप्रतिनिधीको पहलमा नगरपालिकाले आफ्नै अस्पताल सुभारम्भ गर्न सफल भएको छ । यस परियाेजनालाई सफल पार्न बिभिन्न रुपमा सहयाेग गर्नुहुने सम्पूर्ण महानुभाव एव‌ं सहयाेग हातहरु प्रति उच्च सम्मानकाे साथ धन्याबाद व्यक्त गर्दछाैँ । उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख श्री साेमप्रसाद मिश्र ज्यूले प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरि नगर अस्पताल निर्माण गरिएको बताउनु भयाे । आवश्यक सबै पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेकाे र कर्मचारी व्यवस्थापन पछि पूर्ण रुपमा नगर अस्पताल संचालनमा आउने र हालकाे लागि काेभिड अस्पतालकाे रुपमा स‌ंचालन हुनेछ । आवश्यक कर्मचारी व्यवस्थापनकाे लागि विज्ञापन गरिएकाे छ ।  उक्त अस्पतालमा १७ जना कर्मचारी अहिले कार्यरत हुनुहुन्छ नयाँ कर्मचारीकाे पदपूर्ति करिव पुसको पहिलो साता सम्ममा सम्पन्न हुनेछ । पहिलो चरणमा यो कोभिड विषेश अस्पताल हुने र कोरोना संक्रमण भएर घरमै बसेका चाँगुनारायणका बासिन्दालाई अस्पताल लानु पर्ने अवस्था आएमा यहिँ उपचार हुने मिश्रले बताए । १५ हाल १५ सामान्य शैया र अन्य दुई गरी १७ शैयामा प्रसुती सेवा, नाक, कान घाटी, आँखा, ओपिडी लगायतका सेवा नगर अस्पतालले प्रदान गर्नेछ ।