FAQs Complain Problems

समाचार

वडा न‌ं ४

चाँगुनारायण नगरपालिका – वडा नं. ४
वडा परिचय पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं. ४ साविक चाँगुनारायण गाउँ विकास समितिका सम्पूर्ण क्षेत्र समेटेर बनेको वडा हो। यस वडाको कुल क्षेत्रफल ६.७८ वर्ग कि.मि. रहेको छ। यहाँ २६०० घरधुरीमा ७६१३ जनसंख्या बसोबास गर्दै आएका छन्। विश्वसम्पदा सूचीमा सूचीकृत प्रसिद्ध चाँगुनारायण मन्दिर यही वडामा अवस्थित रहेको छ। सोही चाँगुनारायण मन्दिरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो।

नेपालकै पुरानो मन्दिरको रूपमा परिचित चाँगुनारायण मन्दिर अवलोकन तथा मनोरञ्जनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र रहेको छ। कृषि तथा पशुपालन यहाँको मुख्य आर्थिक स्रोत हो। यस क्षेत्रमा तामाङ, जनजाति, नेवार तथा अन्य विभिन्न जातजातिको बसोबास रहेको छ।

मुख्य विशेषता • विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर
• धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र
• कृषि तथा पशुपालनमा आधारित स्थानीय अर्थतन्त्र
• सांस्कृतिक तथा जातीय विविधता रहेको वडा
जनप्रतिनिधि तथा कर्मचारी विवरण
सि.न. नाम, थर पद वडा नं. सम्पर्क नं.
रोज बहादुर तामाङ वडा अध्यक्ष ९८१८-४६४४५८
सन्जीता ढुङगाना घिमिरे महिला सदस्य ९८४१-४३०१६४
राममाया मिजार दलित महिला सदस्य ९८४९-१७३१०६
प्रदिप खनाल सदस्य ९८६०-४३७६३२
विजय कुमार तामाङ सदस्य ९८०८-९४२१०६
हरि गोपाल गैडा वडा सचिव ९८५१३८४६६६
Undefined
Population: 
Total 7613 Male 3715 Female 3891 Other 7
Ward Contact Number: 
015141068
Weight: 
4